काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नामक पुस्तक सोमबार लोकार्पण गरेकी छिन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको बताइएको छ ।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत पुस्तकमा समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले प्रकाशन गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शंकर पोखरेललगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर