पाल्पा– जिल्लाको रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सेयर सदस्यलाई ‘पेन्सन’का रुपमा मासिक भत्ता दिने गरेको छ । संस्थामा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ सदस्यलाई मासिक ५०० रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको बताइएको छ ।

सदस्यका सेवालाई दृष्टिगत गर्दै २०७२ देखि भत्ता वितरण सुरु गरेको हो । ४० लाखको पेन्सन कोष स्थापना गरेर उक्त कार्यक्रम सञ्चालन गरिरहेको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले जानकारी दिए। कोषका लागि नयाँ सेयर सदस्यबाट पेन्सन बचतमा रहने गरी ५०० रुपैयाँ संकलन गर्ने गरिएको छ ।

उनका अनुसार गत वर्ष १२८ जनालाई मासिक भत्ता वितरण गरिएकामा चालु आर्थिक वर्षमा २१ जना थप भएका छन् । सहकारीले सदस्य प्रोत्साहन नीति २०७५ लागू गरेको छ । सो नीतिमा आधारित रहेर काम गरिरहेको छ ।

२०७२ सालअघि आबद्ध सेयर सदस्यले ७० वर्ष पूरा भएपछि मासिक भत्ता प्राप्त गर्ने र त्यसपछिको नयाँ सदस्यका हकमा संस्थामा १० वर्ष कारोबार गरेको हुनुपर्ने सर्त छ । सहकारीमा ११ हजारभन्दा बढी सेयर सदस्य आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय