काठमाडौं– सामसङ नेपालले नयाँ, स्मार्ट र स्टाइलिस भनेको बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । तापक्रम बढ्दै जाँदा खाना ताजा राख्न र बेभरेजहरू चिसो राख्न अझ महत्त्वपूर्ण हुने समयमा सामसङको बिस्पोक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट ऊर्जा सञ्चय र स्टाइलिस डिजाइनका साथ गर्मीलाई सहज बनाई यस सिजनको लागि उत्तम होम अप्लाएन्स बन्ने कम्पनीको दाबी छ ।

बिस्पोकको विशेष फ्ल्याट डोर डिजाइन आधुनिक किचनको लागि उत्तम विकल्प हो। एआई एनेर्जी मोड, स्मार्टठिंगस् कनेक्सन, कन्भर्टएबल ५–इन–१ मोडहरू र ट्विन कुलिङ प्लस जस्ता एडभान्स फिचरहरू रहेको नयाँ बिस्पोक एआई रेफ्रिजेरेटरहरू आकर्षक, स्मार्ट र फ्लेक्सिबल पनि छन् । एआई एनेर्जी मोडले स्मार्ट एल्गोरिदमको प्रयोग गरी ऊर्जा खपतलाई अनुकूल बनाउँछ, जसले युजेज प्याटर्न अनुसार समायोजन गर्दै १० प्रतिशतसम्म ऊर्जाको बचत गर्न मद्दत गरी खर्च घटाउने मात्र होइन, दिगो जीवनशैलीमा पनि योगदान पुर्याउने बताइएको छ ।

कन्भर्टेबल ५–इन–१ मोडहरुले जस्तो पनि घरको आवश्यकताहरू पूरा गर्न अनुकूल रहने सुविधा प्रदान गर्छ । नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भेकेसन र होम अलोन गरी आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडहरू भएको यो रेफ्रिजेरेटरले ऊर्जा बचत र अधिकतम उपयोगिता सुनिश्चित गर्छ ।

ट्विन कुलिङ प्लस प्रविधिले रेफ्रिजेरेटर र फ्रिजरका लागि अलग–अलग कुलिङ सिस्टम प्रयोग गर्छ, जसले आद्र्रता कायम राख्दै गन्धहरू मिसिनबाट रोक्छ । यसले ७० प्रतिशत सम्म आद्रता कायम राख्न मद्दत गर्ने भएकाले गर्मीको समयमा पनि फ्रिजमा स्टोर गरिएको फलफूल र तरकारीहरू लामो समयसम्म ताजा रहन्छन्। थप रूपमा, यसमा रहेको एडभान्स इभ्यापोरेटर प्रविधिले सही तापक्रम व्यवस्थापन गरी खाद्य पदार्थको ताजगीलाई सुरक्षित राख्छ ।

एआई इनर्जी मोडले युजेज प्याटर्नको विश्लेषण गरी कम्प्रेसरको कार्यसम्पादनलाई अनुकूल बनाउँदै र ऊर्जा खपत घटाउँदै स्मार्ट कुलिङलाई नयाँ उचाइमा ल्याउँछ । यसले गर्दा गर्मीमा चिसो बेभरेजहरू स्टक गर्न वा ताजा खाना तयार गर्न सजिलो हुन्छ र विद्युत् बिलको चिन्ता पनि कम हुन्छ ।

स्मार्टठिंगस् एपमार्फत रेफ्रिजेरेटरलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । ऊर्जा खपत ट्र्याक गर्ने, तापक्रम मिलाउने वा रियल–टाइम नोटिफिकेसन प्राप्त गर्ने सबै कार्यहरू तपाईंको स्मार्टफोनबाट सहजै गर्न सकिन्छ, जसले घरको व्यवस्थापनलाई अझ स्मार्ट बनाउँछ ।

मूल्य र उपलब्धता
नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ लिटर र ४१९ लिटर क्यापासिटीका दुई भेरियन्टमा उपलब्ध छन् । यसको मूल्य १ लाख १२ हजार ९९० रुपैयाँबाट सुरु छ भने अहिले रहेको विशेष छुट अफरद्वारा १ लाख १ हजार रुपैयाँमा खरिद गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय