काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ४६.३३ अंक घटेर २७७२.१० को बिन्दुमा झरेको हो ।

आज ३१५ कम्पनीको २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर १ लाख १२ हजार ३४७ पटक खरिद बिक्री हुँदा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैंकिङ १.३६, विकास बैंक १.७१, वित्त १.८७, होटल तथा पर्यटन ०.८३, जलविद्युत् १.६६ र लगानी २.४९ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा १.७४, उत्पादन तथा प्रशोधन ०.९१, लघुवित्त १.५८, म्युचुअल फन्ड १.०४, निर्जीवन बिमा १.२६, व्यापार ०.८१ र अन्य समूह २.६९ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र आइसीएफसी फाइनान्स लिमिडेड डिबेन्चरको मूल्यमा सकारात्मक र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १ अर्ब १२ करोड ४८ लाख ४९ हजार ९६४ रुपैयाँ बराबरको १० लाख ६२ हजार २४६ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय