काठमाडौं– धितोपत्र बजारको तथ्यांकीय मापक नेप्से सोमबार २०.६८ अंकले घटेर २७५१.४२ बिन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ३.५३, फ्लोट इन्डेक्स १.२७ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२१ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।

यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार १० अर्ब रुपैयाँभन्दा धेरैको सेयर खरिदबिक्री भएको बजारमा सोमबार ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ९४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा धेरैले बढेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ६.९८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सोमबार नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रिइन्स्योरेन्सको ७३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्स कम्पनीको करिब ३५ करोडको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.०८ प्रतिशत बढेको छ। यस दिन म्युचुअल फन्ड उपसमूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशत घटेको छ। जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय