काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य मज्जैले घटाएको छ ।
निगमले चैत ३ गते बिहानबाट लागू हुने गरी पेट्रोलको ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलको ४ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको हो ।
अब काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँमा पाइनेछ । सुर्खेत र दाङमा १६२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।
डिजेल र मट्टीतेलको लागि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १४८ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा १५० रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५१ रुपैयाँ तिर्नुपर्नेछ ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पनि घटाएको हो । निगमले अन्य इन्धनको मूल्य भने यथावत राखेको छ ।









