काठमाडौं– सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८०० रुपैयााले बढेर १ लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मोल प्रतितोला २ हजार ४५ रुपैयाँ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मंगलबार प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३ हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









