काठमाडौं– गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य घटेको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।
गत शुक्रबार प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९०० रुपैयाँले घटेर प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन ३ हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









