काठमाडौं– गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ५४ दशमलव ६२ अंकले घटेर २६१४.६८ को बिन्दुमा कायम भएको हो । यो २.०४ प्रतिशतको गिरावट हो ।
आज ३१७ कम्पनीको १ करोड २३ लाख ७१ हजार २८० कित्ता धितोपत्र ७२ हजार २६५ पटक खरिद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ३२ करोड १ लाख ४१ हजार नाघेको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा बैंकिङ समूह १.४७, विकास बैंक २.४२, वित्त २.९९, होटल तथा पर्यटन २.२३, जलविद्युत् २.३३, लगानी २.०५ र जीवन बिमा समूह १.८५ प्रतिशतले घटेको छ ।
यसैगरी उत्पादन तथा प्रशोधन १.४६, लघुवित्त २.३६, म्युचुअल फन्ड ०.६४, निर्जीवन बिमा २.०७, व्यापार २.८५ र अन्य समूह १.७६ प्रतिशतले घटेको छ ।
कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ८.७२ प्रतिशतले बढेको छ । बढी घट्नेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ेियर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ४२ करोड ६ लाख ३४ हजार ९८१ रुपैयाँको कारोबार भएको छ । कारोबार भएको सेयर संख्याको आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको ४ लाख ५४ हजार ३७१ कित्ता किनबेच भएको छ ।









