काठमाडौं– सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले मंगलबार उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । नवनियुक्त सीईओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।

केही दिनअघि सरकारले सर्लाहीको नारदकुमार लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गरेको समाचार बाहिरिएको थियो । तर मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारी प्रवक्ताले उक्त विषय उल्लेख गरेका थिएनन् ।

पछि मुख्यसचिव एकनारायण अर्यालले नेप्सेमा सीईओ नियुक्त गर्ने निर्णय हुन बाँकी रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय