काठमाडौं– नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसनले रोजगारीमूलक नयाँ वेबसाइट सुरु गरेको छ । वेबसाइटले विद्यार्थीलाई आफूसँग मेल खाने रोजगारी अवसर खोज्न सहज बनाउने फाउन्डेसनको भनाइ छ।

कम्पनीहरूलाई आवश्यक दक्षता उल्लेख गर्दै जागिरको अवसर प्रकाशित गर्ने सुविधा पनि उक्त वेबसाइटले प्रदान गर्ने फाउन्डेसनको विज्ञप्तिमा उल्लेख छ। साथै, विद्यार्थीले आवश्यक सीप अभाव महसुस गरेमा वेबसाइटमै उपलब्ध सीपमूलक पाठ्यक्रमहरू पूरा गरेर आफूलाई रोजगारीका लागि योग्य बनाउन सक्ने बताइएको छ ‘वेबसाइटमै अन्तरवार्ताको तयारी पनि गर्न सकिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

लर्डबुद्ध एजुकेसन फाउन्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आयोजित ‘इम्पावरिङ फ्युचर्स’ कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो वेबसाइट ९भखयखिभतयमबथ।ष्लाय० सार्वजनिक गरेका थिए ।

उनले रोजगारी र सीपको महत्त्वबारे चर्चा गर्दै एलबीईएफ कलेजको यो कदम शिक्षा र उद्योगबीचको दूरी घटाउने महत्त्वपूर्ण पहल भएको बताए । यस प्रकारको कार्यक्रमले रोजगारी खोजिरहेका व्यक्तिहरूलाई सक्षम बनाउने, अवसरहरू प्रदान गर्ने, तथा उज्ज्वल भविष्य निर्माण गर्न मद्दत गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष इन्जिनियर पंकज जालानले बजारमा काम गर्ने कालिगढको कमी भएको भन्दै कामलाई ठूलो र सानो भनेर मूल्यांकन गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताए । उनले नयाँ वेबसाइट र यस किसिमका रोजगारमूलक गतिविधिहरूले विद्यार्थीहरूलाई सही सीप, अवसर र उद्योगसँगको सम्बन्ध निर्माण गर्न सघाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा आईटी क्षेत्रका साझेदार कम्पनीहरूलाई सम्मान समेत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय