
काठमाडौं– अघिल्लो दिन कीर्तिमानी मूल्यमा कारोबार भएको सुनको भाउ शुक्रबार भने झन्डै ४ हजार रुपैयाँ प्रतितोलाको दरमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँ तोकेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाादीको मूल्य प्रतितोला १ हजार ८७० रुपैयाँ तोकिएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार १०५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।