
काठमाडौं– गरिमा विकास बैंक लिमिटेडको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक लिमिटेड र दराजबीच सम्झौता भएको छ । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी बैंकले यो छुट योजना सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त योजना अन्तर्गत गरिमाका क्रेडिट कार्ड होल्डर ग्राहकले दराजको वेबसाइट वा मोबाइल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म र डेबिट कार्ड होल्डर ग्राहकले १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउने बताइएको छ ।
छुट योजना २०८१ चैत २२ गते सुरु भई २०८१ चैत ३१ गतेसम्म लागू हुने बैंकको विज्ञप्तिमा उल्लेख छ । गरिमा कार्डहोल्डर ग्राहकले यस योजना सुरु भएपश्चात दराजको वेबसाइट वा मोबाइल एपमा उपलब्ध हुने बैंकको नाउँको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।