
काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ को बिन्दुमा कायम भएको हो ।
आज ३१७ कम्पनीको १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४५ हजार ९४ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ र व्यापारबाहेक सबै समूहको उपसूचक हरियो देखिएको छ । बैंकिङ समूह ०.०३, र व्यापार समूह ०.४० प्रतिशतले घटेको हो । सबैभन्दा बढी होटल तथा पर्यटन २.४४, लगानी १.४८ र उत्पादन तथा प्रशोधन १.३६ प्रतिशतले बढेको छ ।
विकास बैंक ०.२९, वित्त ०.३४, जलविद्युत् ०.०८ र जीवन बिमा ०.२२ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त ०.२२, म्युचुअल फन्ड ०.५९, निर्जीबन बिमा समूह ०.५६ र अन्य समूह ०.३६ प्रतिशतले बढेको छ ।
नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्य ८.०५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ४२ करोड ७५ लाख ६८ हजार ४७७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याको आधारमा सबैभन्दा बढी कुमारी इक्विटी फन्डको १० लाख १० हजार १७६ कित्ता सेयर किनबेच भएको छ ।