
काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा ३ हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १ हजार ९०० मा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर १ हजार ९०५ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि निरन्तर भाउ बढिरहेको छ ।