काठमाडौं– नेपाली सेयर बजारको परिसूचक नेप्से वर्षको अन्तिम दिन ८.६२ अंकले घटेर २६६२.०८ को बिन्दुमा कायम भएको छ ।

यस दिन ३२२ सूचीकृत कम्पनीका १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा ०.०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ ०.२१, विकास बैंक ०.७७, वित्त ०.८८, जलविद्युत् ०.४५, जीवन बीमा ०.६१ र उत्पादन तथा प्रशोधन समूह ०.८४ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्त ०.२६, व्यापार १.४० र अन्य समूह ०.८० प्रतिशतले घटेको छ ।

गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर–२०८३ र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको ४५ करोड ३२ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ८ लाख ९४ हजार ५१० कित्ता सेशेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय