काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । विगत तीन दिनदेखि स्थिर रहेको पहेंलो धातुको मोल आज तोलामा ५ हजार रुपैयाँले वृद्धि भएको छ । चाँदी पनि तोलामा ५० रुपैयाँ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन ३ हजार ३२१ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय