काठमाडौं– नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) किरण पण्डित केन्द्रीय बैंकको प्रवक्ता तोकिएका छन् ।

उनलाई २०८२ जेठ २१ देखि लागू हुने गरी बैंकको प्रवक्ता तोकिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

२०६२ सालमा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका पण्डितसँग बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय
समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा काम गरेको अनुभव ।

हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय