काठमाडौं– सेयर बजारको सूचक नेप्से सोमबार ९ दशमलव १९ अंकले बढेर २ हजार ६३१ दशमलव ४८ बिन्दुमा कायम भएको हो ।

यस दिन विभिन्न ३१८ कम्पनीका १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर ६३ हजार ३७१ पटक खरिदबिक्री हुँदा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह ० दशमलव ०६, होटल तथा पर्यटन ० दशमलव ०३, जलविद्युत् ० दशमलव २८ र अन्य समूह ० दशमलव ३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १ दशमलव ६३ प्रतिशतले बढेको छ । बैंकिङ ० दशमलव ३८, विकास बैंक ० दशमलव ७२, लगानी ० दशमलव ०२, जीवन बिमा ० दशमलव ८२, लघुवित्त ० दशमलव ९२, म्युचुअल फन्ड ० दशमलव ३६, निर्जीवन बिमा ० दशमलव ६१ र व्यापार समूह ० दशमलव ७२ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै ९ दशमलव ९७ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४ दशमलव ९२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै साहस ऊर्जा लिमिटेडको ३६ करोड ५३ लाख ९८ हजार ४८८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ७ लाख १५ हजार ९३९ कित्ता खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर