काठमाडौं– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य उच्च दरले बढाएको छ । निगमले सोमबार प्रेस विज्ञप्ति जारी गरी पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल प्रतिलिटर ४ रुपैयाँका दरले महँगिएको जानकारी दिएको हो ।
मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर ६० अमेरिकी डलर मूल्य बढेको निगमले जानकारी दिएको छ ।









