काठमाडौं– अप्पर स्यांगे हाइड्रोपावर लिमिटेड सेयर रजिस्ट्रारको काम माछापुच्छ्रे क्यापिटलले गर्ने भएको छ । अप्पर स्यांगे धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण सेयर रजिस्ट्रारसम्बन्धी सेवा माछापुच्छ्रे क्यापिटलले प्रदान गर्न आइतवार एक सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्यांगेका प्रबन्ध निर्देशक विरबहादुर घलेले हस्ताक्षर गरेको माछापुच्छ्रेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माछापुच्छ्रे क्यापिटलको कार्यालय काठमाडौंको बागदरबारस्थित जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो ।

पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय