काठमाडौैं– कसैले दिएको चेक अनादर (बाउन्स) भएको खण्डमा चेक धारकले उजुरी दिएको आधारमा अनादर हुने गरी चेक जारी गर्ने व्यक्ति वा संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चेक अनादर (बाउन्स) गरेको प्रमाणित गर्ने कार्यविधि, २०८२ तथा सोसँग सम्बन्धित निर्देशन जारी गर्दै चेक अनादर तथा कालोसूचीको प्रावधान संशोधन गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको कार्यविधि अनुसार चेक अनादर गर्नुअघि बैंकले सम्बन्धित व्यक्तिबाट निवेदन लिएर खातावाललाई सोको जानकारी दिनुपर्छ । ऐनले तोकेको ४५ दिनभित्र खातावालले रकम जम्मा नगरे चेक अनादर गर्न सकिने व्यवस्था कार्यविधिमा छ ।

चेक अनादर भएको बेहोरा प्रमाणित गर्ने बैंक, वित्तीय संस्था वा सहकारी बैंकले धारकसँग कुनै किसिमको शुल्क लिन पाउँदैनन् ।

बिहीबार जारी निर्देशनमा अनादर हुने चेक जारी गर्ने खातावाल वा सम्बन्धित पक्षलाई कालोसूचीमा राख्न धारकले सम्बन्धित बैंक वा वित्तीय संस्थासमक्ष निवेदन दिनुपर्ने र निवेदन प्राप्त भएको ५ दिनभित्र बैंक, वित्तीय संस्थाले कालोसूचीमा राख्न सिफारिश गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय