काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५ दशमलव ८४ अंकले बढेर दुई हजार ८७० दशमलव ६३ विन्दुमा कायम भएको छ । आर्थिक वर्ष २०८२-८३ को पहिलो दिन आज नेप्से परिसूचक २ दशमलव ७१ प्रतिशतले बढेको हो ।
आज ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर १ लाख ४१ हजार ४३४ पटक खरिदबिक्री हुँदा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ दशमलव १७ को कारोबार भएको छ । आज २४० कम्पनीको सेयर मूल्य बढ्दा नौ कम्पनीको घटेको छ भने कारोबार रकम पनि बढेको छ ।
आज कारोबार भएका सबै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी ‘अन्य’ समूह ५ दशमलव ०९ प्रतिशतले बढेको छ । लगानी समूह ३ दशमलव १७ प्रतिशत, जीवन बिमा ३ दशमलव १४ प्रतिशत, हाइड्रोपावर ३ दशमलव ०४ प्रतिशतले वृद्धि भएको छ ।
बैंकिङ १ दशमलव ७६, विकास बैंक १ दशमलव ९५, फाइनान्स २ दशमलव ८०, होटल तथा पर्यटन २ दशमलव ६०, उत्पादन तथा प्रशोधन २ दशमलव ९४, माइक्रोफाइनान्स २ दशमलव ५०, निर्जीवन बिमा २ दशमलव १८ र व्यापार १ दशमलव ७६ प्रतिशतले बढेका छन् । आज ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआइबिएल स्टेबल फन्डको सेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ५८ प्रतिशतले घटेको छ ।









