काठमाडौं– एनआइसी एसिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रालिबीच बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।

अब उक्त बैंकका ग्राहकले देशका विभिन्न ठाउँमा रहेका हेयर एन्ड शान्ति युनिसेक्स सैलुनका शाखामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

ग्राहक महानुभावहरुले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आइप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्क्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एन्ड शान्ति युनिसेक्स सैलुनका शाखाबाट उक्त छुट सुविधा उपभोग गर्न सक्ने बताइएको छ ।

उक्त सुविधा उपभोग गर्न ग्राहकले एनआइसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय