काठमाडौं– एनआईसी एसिया बैंकका ग्राहकलाई नोबल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन प्रालिको फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच समझदारी सम्पन्न भएको छ ।

यो समझदारीसँगै बैंकका ग्राहकले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

समझदारीपत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका क्लिनिकल प्रेसिडेन्ट डा योगेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उक्त सुविधा उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय