काठमाडौं– एभरेस्ट बैंक लिमिटेडले गत वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत प्रतिफल दिने भएको छ ।

बिहीवार साँझ सम्पन्न बैंक सञ्चालक समिति बैठकले गतवर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव आगामी साधारणसभामा पेस गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन् । उक्त लाभांशमा लाभांशबापत सरकारलाई तिर्नुपर्ने कर पनि समावेश छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय