काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलाको साढे दुई लाख नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ तोकेको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । सोमबार छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार मूल्य ८ हजार १०० रुपैयाँले बढी हो ।
मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ३२५ रुपैयाँ तोकिएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा स्थानीय बजारमा सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।









