भैरहवा (रुपन्देही)– थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान पुनः सुरु गरेको छ । आज बैंककबाट १७ जना यात्रु बोकेर आएको एयरबस ३२० विमान सवा १२ः०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १ः१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।
उनका अनुसार एयरलाइन्सले बैंकक–भैरहवा–बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्नेछ । एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबार नियमित उडान गर्ने अनुमति पाएको छ ।









