काठमाडौं– एनआईसी एसिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच समझदारी भएको छ ।
यो समझदारीसँगै बैंकका ग्राहकले मकवानपुरको थाहा नगरपालिकामा रहेको ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंकका ग्राहकले उक्त रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउने बताइएको छ ।
उक्त सुविधा उपयोग गर्न ग्राहकले एनआईसी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ ।









