काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले बिहीवार पदभार ग्रहण गरेको बैंकले जनाएको छ ।

झन्डै तीन दशकदेखि नेपालको बैंकिङ संलग्न शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्समा र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

सन् १९९६ मा तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ यात्रा सुरु गरेका शाक्यले हिमालयन बैंक लिमिटेड, तत्कालीन लक्ष्मी बैंक लिमिटेड हुँदै सन् २००७ देखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा बिजनेस बैंकिङ प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए ।

उनले तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेड र एनआईसी बैंकको मर्जर प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शाक्यले मर्जरपछि बनेको एनआईसी एशिया बैंक लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ प्रमुखको भूमिका निर्वाह गरेका थिए ।

उनले तत्कालीन सिभिल बैंक लिमिटेड, तत्कालीन जनता बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका छन् । एनआईसी एशियामा प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुपूर्व उनी नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय