काठमाडौं- साहस ऊर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशत बोनस सयर र सोमा लाग्ने करका लागि आवश्यक नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

आर्थिक गतिविधि शिथिल भएका बेला यो अनुपातको लाभांशलाई आकर्षक मान्नुपर्ने लगानीकर्ता बताउँछन् ।

कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

त्यसैगरी, गत वर्षको साधारण सभाले पारित गरेको १ बराबर १ हकप्रद सेयर जारी गर्ने निर्णय संशोधन गरी हाल घोषणा भएको बोनस पछि कायम हुने चुक्ता पुँजीको शतप्रशत हकप्रद जारी गर्ने निर्णय पनि सो बैठकले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय