काठमाडौं– एनआईसी एसिया बैंकका ग्राहकले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई छुट दिने विषयमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।
अब एनआईसी एसिया बैंकका ग्राहकले काठमाडौंको रविभवनमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।
बैंकका ग्राहकले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायत सेवामा १५ प्रतिशत छुट पाउने बताइएको छ । उक्त सुविधा उपयोग गर्न ग्राहकले एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ ।









