काठमाडौं– ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजीको ८ दशमलव ०३९६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । उक्त बोनस सेयरमा लाग्ने करका लागि कम्पनीले शून्य दशमलव ४२३१४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।









