काठमाडौं– गत भदौ २४ को प्रदर्शनीका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सोमबार कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघई, सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुरुत्थान तथा राहतलगायत कार्यका लागि उक्त कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा उक्त रकम योगदान गरिएको जनाएको छ ।

हालसम्म कोषमा ११ करोड ८२ लाख रुपैयाँ जम्मा भएको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय