काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले नगद लाभांशलाई प्राथमिकता दिएर लाभांश घोषणा गरेको छ ।
पुस २ गते सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) रहेको कम्पनीले जानकारी दिएको छ ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछिन् ।









