काठमाडौं– सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयर लगानीकर्तालाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको पुस ३ गते सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमा कर पनि समावेश छ ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।









