काठमाडौं– काठमाडौंबाट ओखलढुंगा जान हिँडेको यात्रु बस मंगलबार बिहान तामाकोशीमा खसेको छ । नदीमा खसेको बसबाट पाँचजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए ।

९९७५ नम्बरको अरनिको यातायातको यात्रु बस लिलौटी भन्ने ठाउँबाट तामाकोशीमा खसेको हो । बस सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खसेको थियो ।

बसबाट निकालिएका ३ जनालाई उपचारको लागि अस्पताल पठाइएको छ । बसभित्र कति यात्रु थिएन भन्ने खुलेको छैन ।
मृतकमध्ये एकजना बस मालिक रहेको बुझिएको छ ।

दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । प्रहरी निरीक्षक तिम्सिनाका अनुसार हालसम्म ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ ।

तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय