रामेछाप– मन्थली नजिक बस दुर्घटना हुँदा मर्नेको संख्या नौ पुगेको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएको रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।
प्रहरी नायव उपरीक्षक भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको छ ।









