काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मंगलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० र एक तोला चाँदीको मोल ५ हजार २९० रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रतितोला सुन ३ लाख ५ हजार ५०० र एक तोला चाँदीको मोल ५ हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन ५ हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









