काठमाडौं– तपाईं खाना पकाउने ग्यास नपाएर हैरान हुनुहुन्छ ? यदि त्यसो हो भने नेपाल आयल निगमको टेकुस्थित कार्यालय जानुस् । निगमले त्यहाँबाट विभिन्न कम्पनीका ग्यास विक्री र्गा थालेको छ । निगमले ग्यास कम्पनीहरुसँगको समन्वयमा ग्यास नपाएर हैरान भएका सर्वसाधारणलाई राहत हुने कदम चालेको हो ।

नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यास आपूर्ति सहज बनाउन टेकुस्थित आफ्नो कार्यालयबाट बुधबारदेखि ग्यास बिक्री सुरु गरेको हो ।

डिलरहरूबाट ग्यास पाउन नसकेका र अतिआवश्यक परेका उपभोक्ताका लागि विशेष व्यवस्था अन्तर्गत यसरी ग्यास वितरण गरेको निगमले जनाएको छ ।

उपभोक्तालाई थप सहजीकरण गर्ने उद्देश्यले आजदेखि टेकु कार्यालय परिसरबाट विभिन्न ब्रान्डका ग्यास वितरण गर्न थालेको निगमको एलपिजी विभाग प्रमुख विनीतमणि उपाध्यायले जानकारी दिएका छन् ।

‘निगमको टेकु कार्यालयमा अहिले नेपाल ग्यास आइसकेको तथा एभरेष्ट र सुगम ग्याससँग पनि समन्वय भइरहेको उनले जानकारी दिए । ‘जसलाई एकदमै जरुरत छ र जसले डिलरबाट पाउनुभएको छैन, त्यस्ता उपभोक्तारूलाई लक्षित गरेर हामीले यो कदम चालेका हौं’, उपाध्यायले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय