काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०८३ वैशाख १४ गतेदेखि परीक्षा सुरु गर्ने गरी तालिका सार्वजनिक गरेको हो । उक्त परीक्षा वैशाख २७ सम्म चल्ने बताइएको छ ।

तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण र साहित्यको परीक्षा हुनेछ । वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सोसल स्टडिजको परीक्षा हुनेछ ।

यो परीक्षा तालिका कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि भएको बोर्डले प्रस्ट पारेको छ। परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ हुने परीक्षार्थी सहभागी हुन पाउने छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय