काठमाडौं– हिमालय एयरलाइन्सले इरान–अमेरिका युद्धका कारण रोकिएको दुबई उडान पुनः सुरु भएको जानकारी गराएको छ ।
कम्पनीले आइतबार एक सूचना जारी गर्दै अस्थायी रुपमा निलम्बन गरिएको उडान सेवा पुनः सुरु गर्न लागेको जानकारी गराएको हो । कम्पनीका अनुसार काठमाडौं–दुबईको उडान आइतबारदेखि नै पुनः सञ्चालन हुनेछ । सोमबारदेखि दुबई–काठमाडौं पुनः सुरु हुने कम्पनीको भनाइ छ ।
कम्पनीले उडानसम्बन्धी थप जानकारीका लागि आधिकारिक बिक्री कार्यालय वा सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्न सुझाएको छ । सुरक्षाका कारण उडान रद्द हुन सक्ने सम्भावना औंल्याउँदै त्यसका लागि कम्पनी जिम्मेवार नहुने प्रस्ट पारेको छ ।









