काठमाडौं– आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १२ हजार रुपैयाँभन्दा धेरैले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १२ हजार ५०० रुपैयाँले घटेको जानकारी दिएका छ ।
शुक्रबार प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ८२ हजार रुपैयाँमा आएको छ ।
आज चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३५५ रुपैयाँले घटेको छ ।
शुक्रवार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ५४० रुपैयाँमा आएको हो ।









