काठमाडौं- स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा १ हजार ६०० रुपैयाँले घटेको हो । चाँदीको भाउ भने तोलामा ८० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ५०५ रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुनको मोल प्रतितोला २ लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४२५ रुपैयाँ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय