काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १४ हजार ६०० रु्रपैयाँले बढेको र चाँदी ४१५ रुपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि छापावाल सुनको मोल प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको भाउ ४ हजार ९२० रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला २ लाख ७३ हजार ९०० र चाँदीको ४ हजार ५०५ रुपैयाँ मूल्य कायम भएको थियो ।
गत सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० र चाँदीको मूल्य ४ हजार ४२५ रुपैयाँ थियो । आइतबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी ४ हजार ५४० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ६ हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।









