काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा ४ हजार ६०० रुपैयाँले र चाँदी १५० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ६७० रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८२० रुपैयाँ कायम भएको थियो ।

गत बुधबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० र त्यति नै परिमाणको चाँदी ४ हजार ९२० रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार बिहान ११ बजेतिर यो सामग्री तयार गर्दा अन्तरराष्ट्रिय बजारमा सुन ४ हजार ४३४ अमेरिकी डलर चाँदी ६९ अमेरिकी डलर प्रतिऔंस ७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय