काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा ५ हजारले र चाँदी ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ८६ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ७२० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ६७० रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ५ हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय