काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटेको छ । सुन तोलामा ३ हजार ६०० र चाँदी १६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९४५ रुपैयाँ कायम भएको थियो ।
गत मंगलबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८४५ रुपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ५ हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









