काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा व्यापक वृद्धि गरेको छ । निगमले शुक्रबार बिहानबाट लागू हुने गरी पेट्रोलको १७ र डिजेलको २५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको हो।

यसपालि खाना पकाउने ग्यासको भाउ पनि बढाएको छ । ग्यासमा प्रतिसिलिण्डर १०० रुपैयाँ मूल्यवृद्धि गरिएको निगमले जानकारी दिएको छ ।

अब उपभोक्ताले एक लिटर पेट्रोलको लागि ठाउँ अनुसार २१६ रुपैयाँ ५० देखि २१९ रुपियाँसम्म तिर्नु पर्छ । डिजेल र मट्टितेलको मूल्य एक लिटरको २०४ रुपियाँ ५० पैसादेखि २०७ रुपैयाँसम्म पुगेको छ।

अझै निगमलाई पेट्रोलमा १६ रुपैयाँ ६५ पैसा, डिजेलमा १०९ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा रहेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय