काठमाडौं– नेपाल आयल निगमले तीनथरी इन्धनको मूल्य फेरि बढाएको छ । पछिल्लो समय लगातार इन्धनको मूल्य बढाइरहेको निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले बुधबार राति जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ बढाएको छ । निगमले आन्तरिक हवाई इन्धनको भाउ पनि प्रतिलिटर ५ रुपैयाँका दरले बढाएको छ ।

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ । यसपालिको मूल्य समायोजनसँगै पेट्रोलभन्दा मट्टीतेल र डिजेल महँगो हुन पुगेको छ ।
समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम भएको छ ।  त्यस्तै, दोस्रो वर्गमा प्रतिलिटर २३६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा २३७ रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ छ ।

यसैगरी, हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि यथावत राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय